दफा १८
सुविधा तथा उन्मुक्ति दुरूपयोग हुन नदिने
(१) यस ऐनद्वारा प्रदान गरिएको सुविधा तथा उन्मुक्ति केन्द्रको हितको दृष्टिबाट मात्र प्रदान गरिएको मानिनेछ । यस्तो सुविधा तथा उन्मुक्ति दुरूपयोग हुन नदिने कर्तव्य निर्देशकको हुनेछ ।
(२) यस ऐन बमोजिमको कुनै सुविधा वा उन्मुक्ति दुरूपयोग भएकोछ भन्ने नेपाल सरकारलाई लागेमा नेपाल सरकारले केन्द्रलाई तत्सम्बन्धमा लिखित सूचना दिनेछ ।
(३) उपदफा (२) बमोजिमको सूचना प्राप्त हुनासाथ निर्देशकले नेपाल सरकारको सम्बन्धित पदाधिकारीसँग छलफल गरी तत्सम्बन्धमा आवश्यक कारबाही गरेको लिखित जानकारी नेपाल सरकारलाई दिनुपर्नेछ ।